३ मंसिर २०७६, मंगलवार

प्रमुख सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीच सहमति नभएपछि मन्त्रिपरिषद् पुनर्गठन अझै केहीदिन लाग्ने देखिएको छ ।
आइतबार सम्पन्न सचिवालय बैठकमा सैद्धान्तिक सहमति भएपनि ओली र प्रचण्डबीच कसलाई हटाउने र कसलाई मन्त्रि बनाउने भन्ने विषयमा कुरा मिल्न बाँकी नै छ । बेलुकी दुई अध्यक्षबीचको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।
हिजो बेलुकी ६ बजे सुरु भएको दुई अध्यक्षको भेटवार्ता झण्डै डेढ घन्टा चलेको थियो । बालुवाटारमा हिजो बेलुकी छलफल सकिए लगत्तै प्रधानमन्त्री ओली भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितलनिवास पुग्नुभएको थियो । अब एक दुई दिनपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ ।
आफूलाई हटाउने जानकारी पाएका मन्त्रीहरुले अध्यक्षद्वयलाई भेटेर आफूहरुलाई मात्र हटाउनुको प्रष्ट कारण मागेका छन । अध्यक्षद्वयलाई चर्को दबाब परेपछि कसलाई हटाउने र कसलाई मन्त्री बनाउने भन्ने विषयमा दुवै अध्यक्ष अलमलमा परेका छन् ।
कृषिमन्त्री चक्रपाणी खनाल, उद्योगमन्त्री मात्रिका यादव, महिला बालबालिकामन्त्री थममाया थापालगायतका मन्त्रीलाई हटाउने विषयमा लगभग सहमति भैसकेको छ । अन्यको नाममा विवाद रहेको स्रोतले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट