२२ कार्तिक २०७६, शुक्रबार

भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएपछि भारतको चौतर्फी विरोध हुँदै आएको छ ।
यसैबीच नेपाल आदिवासी जनजाति महासंघले पनि भारतले सार्वजनिक गरेको उक्त नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वीर नेपाली पूर्खाले कालापानी, लिपुलेक र लिम्पुवाधुराको माटोमा आफ्नो रगत बगाएका थिए । महासंघका अध्यक्ष जगत बरामद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हाम्रा पूर्खाले रगत खर्चेर जोगाएको नेपाली माटो भारत सरकारले आफ्नो हो भनी नक्सांकन गर्नु नेपाल र नेपाली जनताप्रतिको धोका हो । नेपाली माटोको रक्षाको लागि जस्तोसुकै परिस्थितिमा पनि अघि बढेर गोर्खालीको शान देखाएरै छाड्ने कुरामा प्रतिवद्ध रहेको महासंघले जनाएको छ । नेपाल सरकारले चीन र भारत दुवै मुलुकसँग कुटनीतिक रुपमा पहल गरी नयाँ नक्सा खारेजी गर्न महासंघले आग्रह गरेको छ ।
भारत सरकारले हाल जारी गरेको नक्साप्रति घोर आपत्ति प्रकट गर्दै यस्तो नक्सा तुरुन्त खारेज गर्न भारत सरकारसँग जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ, यस विषयलाई कुटनैतिक पहल गरी समस्यामा समाधान गर्नको लागि नेपालका राजनैतिक दल र नेपाल सरकारलाई आग्रह गर्दछौं ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट