२१ कार्तिक २०७६, बिहीबार

कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घट्नाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ ।
निर्मलाको भेजिनल स्वाबमा भेटिएको पदार्थ वीर्य हो या होइन भन्ने पुष्टी नभएको भन्दै त्यसलाई प्रमाण मान्न नसकिने समितिको प्रतिवेदनमा उल्लेख छ । गत भदौ १३ गते गृहमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको प्राविधिक अनुसन्धान समितिले केही दिनअघि बुझाएको प्रतिवेदनमा प्रयोगशालामा भेटिएको वीर्य ‘भेरिफाई’ नै गर्न नसकिने उल्लेख छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट