२१ कार्तिक २०७६, बिहीबार

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरकारसँग माग गरेका छन् ।
हरेक महिला पुरुषलाई जस्तै तेस्रोलिङ्गी समुदायलाई पनि आफूले चाहेको जीवन साथी रोज्न पाउने र घरबार गर्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुले सरकारसँग आग्रह गरेका हुन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सवालमा नीलहिरा समाजको आयोजना तथा मधेश मानवअधिकारको सहयोगमा हिजो गरिएको प्रदेशस्तरीय नीतिगत बहसमा सहभागी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरुले तेस्रोलिङ्गीलाई विवाहको कानूनी मान्यता नहुँदा एक्लै जीवनयापन गर्नुपरेको गुनासो गरेका छन् । एक्लोलाई सहारा दिने वृक्ष समूहका कार्यक्रम संयोजक मनिला न्यौपानेले समलिङ्गी विवाहलाई कानूनी मान्यता नहुँदा घरजम गर्ने अधिकारबाट बञ्चित हुनुपरेको गुनासो गरिन् । महिला र पुरुषबीचको विवाह मान्य हुने तर हामीले विवाह गर्न किन नपाउने ? उनको प्रश्न थियो ।
नील हिरा समाजका रुपन्देही अध्यक्ष आनिक रानाले इच्छ्याएको र चाहेको व्यक्तिसँग जीवनयापन गर्ने व्यक्तिको अधिकार भएकाले तेस्रोलिङ्गीलाई पनि यो अधिकार दिलाउन माग गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट