२१ कार्तिक २०७६, बिहीबार

निर्वाचन आयोगका अनुसार १४ मंसिरमा हुन लागेको उपनिर्वाचनको तयारी पूरा भएको छ ।
‘आजसम्म हामी उपनिर्वाचनको तयारी थियौं । भोलिदेखि निर्वाचन कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गर्नेछौं,’ हिजो केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो । आयोगका अनुसार २०७४ सालमा निर्वाचन भइ बिभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदाधिकारीसमेत गरी ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको कार्यसूची छ । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । प्रदेशसभा सदस्यतर्फ भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को (क), बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को (ख) र दाङ निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा उपनिर्वाचन हुँदैछ । स्थानीय तहकाका उमेदवारको मनोनयन दर्ता भने यही कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको कार्यसूची छ । निर्वाचन आयोगका अनुसार स्थानीय तहको पदाधीकारीहरु तर्फ एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने ३७ जिल्लाका चार लाख ५४ हजार ११४ जना मतदाताले चुनावमा भाग लिँदैछन् । उपनिर्वाचनका लागि मतदाता शिक्षा आगामी मंसिर ५ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ । विगतको तुलनामा यसवर्ष चुनाव प्रचारप्रसारको लागि दल तथा उम्मेदवारहरुलाई कम समय उपलब्ध गराइएको छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको हकमा १६ दिन र स्थानीय तहका उम्मेदवारको हकमा १० दिनको समयाअवधी तोकिएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट