२० कार्तिक २०७६, बुधबार

दश दिनदेखि बालकको अपहरण गरी फिरौति रकम माग गरिरहेका व्यक्तिलाई गोली हानी पर्सा प्रहरीले बालकको सकुशल उद्धार गरेको छ।
पर्साको सिर्सिया खल्वाटोलामा प्रहरीले बालक अपहरण गरेको अभियोगमा अपहरणमा संलग्न पर्साको पोखरियाका राजकुमार दासलाई गोली हानी बालकको सकुशल उद्धार गरेको हो। प्रहरीको गोलीलागि घाइते भएका उनी पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ सोनवारी हरुवाटोलका २० वर्षीय राजकुमार दास रहेको स्थानीयले बताएका छन्। अपहरणमा संलग्न भई घाइते भएका दासको भने अहिले वीरगन्जको नारायणी अस्पतालको एक क्याविनमा राखेर उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट