२० कार्तिक २०७६, बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले सहमतिको राजनीतिलाई विथोल्ने काम गरेको आरोप लगाएको छ ।
सो पार्टीले सङ्घीयता कार्यान्वयनका क्रममा संस्थापक रहेका प्रदेश प्रमुखहरुलाई समयावधिसम्म कार्य गर्न नदिएर सरकारले बर्खास्ती गरेको आरोप लगाउँदै यो कदमले सहमतिको राजनीतिलाई थप बिथोल्ने आरोप लगाएको हो । सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनुपर्नेमा सङ्घीयता कार्यान्वयनसम्बन्धी अनेक कार्यभार बाँकी छँदाछँदै यो विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काङ्ग्रेस केन्द्रीय पदाधिकारीको बसेको बैठकले प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई अतार्किक भनेको छ । विज्ञप्तिमा भनिएको छ, “सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ । आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रका रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचारसंहिता विपरीत समेत रहेको बैठकले ठहर गरेको छ” ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट