१८ कार्तिक २०७६, सोमबार

भूतपूर्व गोर्खा सैनिकका समस्याबारे राष्ट्रिय स्तरको बहस गर्ने उदेश्यले दुई दिने बृहत सम्मेलन आज काठमाण्डौमा सुरु हुँदैछ ।
काठमाडौंको एक होटलमा सुरु हुने सम्मेलनमा विभिन्न ५ वटा कार्यपत्रमाथि छलफल हुने छ । ब्रिटिस गोर्खा संयुक्त संर्घष समितिले बौद्धिक, कूटनीतिक र रणनीतिक आन्दोलनको एउटा चरणको रुपमा सम्मेलनको आयोजना गरेको जनाएको छ । सम्मेलनमा ६ जना पूर्व प्रधानमन्त्रीहरुलाई आमन्त्रण गरिएको छ । सम्मेलनमा पूर्प प्रधानमन्त्रीहरु शेर बहादुर देउवा, पुष्प कमल दाहाल, माधब कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्री परिषदका पुर्ब अध्यक्ष खिलराज रेग्मीलाई बोलाइएको छ । विभिन्न कालखण्डमा ८ लाख नेपालीलाई युद्धमा प्रयोग गरेको तर उनीहरूलाई उपलब्ध गराउनुपर्ने ज्याला, सुविधा र पेन्सन नदिएको भन्दै भूतपूर्व गोर्खा सैनिकहरू आन्दोलनमा छन् । आफुहरुको मुद्धामा कुनै पक्षले चासो नदेखाएको भन्दै समितीले सम्मेलनमार्फत ध्यानाकर्षण गराउन लागेको हो । नेपालले गरेको सम्झौता अनुसार नेपाली युवा ब्रिटिस सेनामा गएकाले आफुहरु अन्यायमा पर्दा सरकारले नै संरक्षण दिनुपर्ने उनीहरुको भनाई छ । सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौतामा ब्रिटिस सेना सरहको सेवा, सुविधा, पदोन्नती र अन्य सुविधा दिने सहमती भएको थियो । तर सम्झौताका कार्यान्वयन नभएको तथा बेलायतकै बैंकमा रहेको गोर्खा सैनिकको पैसा समेत दुरुपयोग गरेको लगायतका सवाल उठाउँदै गोर्खा सैनिकहरूले न्यायको लागि आन्दोलन गर्दै आएका छन् । सम्मेलन भोलिसम्म चल्नेछ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट