१५ कार्तिक २०७६, शुक्रबार

यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको काठमाडौं जिल्ला अदालतमा आज बयान सुरु हुँदैछ ।

आज वयानसकिएपछि थुन छेक बहस सुरु हुने काठमाडौं जिल्ला अदालतका प्रवक्ता ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि हिजो जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैद मागदाबीसहित महराविरुद्ध मुद्दा दर्ता गरेको थियो । महराको बयान आजै सकिए थुनछेक बहस सुरु हुनेछ । नसकिएको खण्डमा भने पर्सी आइतबार मात्रै बहस सुरु प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
बहस सकिएपछि मात्रै धरौटी , तारेख वा पुर्पक्षबारे टुंगो लाग्ने छ । संसद सचिवालयकी एक कर्मचारीको किटानी जाहेरीको आधारमा गत असोज १९ गते महरा पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद थप गरेको थियो । तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि समय मागेपछि अदालतले पछिल्लो पटक कात्तिक ७ गते हिजोसम्मको म्याद थपिदिएको थियो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट