४ आश्विन २०७६, शनिबार

प्रदेशस्तरीय प्रथम यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधिको लागि मोरङको एम्ब्रीय एकेडेमी र धरानको एन्फा एकेडेमीबीच भिडन्त हुने भएको छ ।
धरान १७ स्थित एन्फा एकेडेमी मैदानमा हिजो भएको अन्तिम सेमिफाइनल खेलमा विराटनगर फुटबल एकेडेमीलाई १–० को झिनो गोलअन्तरले हराउदै एन्फा एकेडेमी धरानले फाइनलमा एम्ब्रीयसँग भेट पक्का गरेको हो । यसअघि बिहिबार एम्ब्रीयले दुहबीको महेन्द्र मेमोरियल एकेडमीलाई हराउदै फाइनल यात्रा तय गरिसकेको थियो । फाइनल खेल अहिले भईरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट