४ आश्विन २०७६, शनिबार

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतर्फ सरेको जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने देशका अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आगामी २४ घण्टामा देशका मध्य र पूर्वी भागका केही स्थान र पश्चिमी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाको पूर्वनुमान छ । त्यस्तै पहाडी भू–भागमा पहिरो जान सक्ने तथा नदीमा पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम विवरण सार्वाजनिक गर्दै महाशाखाले आज दिउँसो देशभर बदली रही एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ । त्यस्तै भरै राति मध्य र पूर्वी भागमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । पश्चिमी भागमा बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ ।
भोली दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा राति सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । मध्य तथा पूर्वका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट