४ आश्विन २०७६, शनिबार

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचि अनुसार समायोजन गर्दा यहाँ पनि मूल्य घटेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताउनुभयो ।
‘बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाउने निर्णय गरेको छ,’ प्रवक्ता गोइतले भन्नुभयो । हाल खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैया पर्छ । नयाँ मूल्य अनुसार प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ तोकिएको छ ।
निगमले हवाई इन्धन अर्न्तराष्ट्रिय उडान तर्फको बिक्री मुल्यमा पनि समान्य घटाएको छ । गोइतका अनुसार भ्रमण बर्षलाई टेवा पुर्याउने हवाई इन्धन अर्न्तराष्ट्रिय तर्फ प्रतिकिलो लिटर ५० अमेरिकी डलर घटाएको हो ।
‘प्रति किलोलिटर १०५० अमेरिकी डलरबाट १००० अमेरिकी डलर कायम गरेका छौ,’ उहाले भन्नुभयो । यस्तै, पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धन अर्न्तराष्ट्रिय तर्फ भने मूल्य समायोजन गरेको छैन ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट