४ आश्विन २०७६, शनिबार

गृह मन्त्रालयले नेपाल प्रहरीमा तीन हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक (एसपी)सहित तीन हजार ५सय ९६ दरबन्दी थपको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थपन सर्वेक्षण’ (ओएनएम) नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको छ । गृहमन्त्री रामबहादुर थापाले स्वीकृत गर्नुभएको उक्त प्रस्ताव गृहसचिव प्रेमकुमार राईले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पेश गर्नुभएको छ । अब बस्ने मन्त्रिपरिषद बैठकमा दरबन्दी थपको प्रस्ताव स्वीकृत हुने गृहका एक अधिकारीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट