४ आश्विन २०७६, शनिबार

चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैं लगतै नेपाल भ्रमणमा आउने पक्का भएको छ । उहा भारत हुँदै नेपाल आउने र बेइजिङ फर्कने बताईएको छ । सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जाने बताईएको छ । सम्भवत यो सम्मेलन तमिलनाडूमा हुनेछ । गत वर्ष मोदी चीन गएका थिए ।
मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउने पक्का भएको स्रोतको दाबी छन् । स्रोतका अनुसार १४ अक्टोेबर अर्थात २७ असोजमा आउनुहुने र भोलिपल्ट फर्किने कार्यक्रम छ ।
सीको भ्रमणको पूर्वसध्यामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली नेपाल आउँदैछ । टोलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँग छलफल गर्नेछ । एक अधिकारीका अनुसार चिनियाँ पक्षले अहिले पनि राष्ट्रपतिको सुरक्षालाई बढी चासो दिएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट