२ आश्विन २०७६, बिहीबार

गणेशमान सिंहको २२ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विसं १९७२ सालमा जन्मिनुभएका सिंहको ०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो। लौह पुरुषका नामले समेत चिनिनुभएका उहाले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका थिए। राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार अनि २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कू सम्म सिंह र विपी कोइराला सँगसँगै रहनुभएको थियो । २०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गरेका सिंह शिखर व्यक्तित्व प्रजातन्त्रको पहरेदारी गर्न रुचाएका थिए। ०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घचाएका थिए। त्यसो नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि प्रजातन्त्र स्थीर र स्थायी नहुने उनको धारणा थियो । जसका कारण विरक्तिएर जीवनको उत्तरार्ध्तिर उनले आफैंले स्थापना गरी हुर्काएको पार्टी परित्याग गरेको घोषणा समेत गरेका थिए।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट