२५ भाद्र २०७६, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ ।
हिजो बर्दिबासमा आयोजना गरेको प्रदेश २ भित्रकै ८ वटै जिल्लाका पदाधिकारीको सपथ ग्रहण समारोहमा असन्तुष्ट पक्षले अवरोध गरेपछि झडप भएको हो । नेकपाका शीर्ष नेताहरुले सक्रियहरुलाई भन्दा आसेपासेलाई बढी प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेको र जिल्ला जिल्लामा हुनुपर्ने सपथ ग्रहणलाई एकै ठाउँमा गराउन लागेको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले स्थगित गराउन चेतावनी दिँदै आएको थियो । तर असन्तुष्टहरुका चेतावनीका बीच सपथ ग्रहण समारोहलाई यथावत राखेपछि अवरोध गर्ने र सपथ ग्रहण गर्ने पक्षबीच झडप भएको बताइएको छ । त्यस क्रममा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि समेत हातपातको प्रयास भएको नेकपाका कार्यकर्ता राधे महतोले जानकारी दिनुभयो । झडपमा केही नेता कार्यकर्ता समान्य घाइते भएको जनाइएको छ । प्रहरीले लाठीचार्ज गर्दै स्थितिलाई नियन्त्रणमा लिनुपरेको थियो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट