२५ भाद्र २०७६, बुधबार

कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बहुचर्चित कोसी सम्झौताअनुसार मुआब्जा वितरण नहुनुमा नेपाल र भारत दुवै देशको कमजोरी रहेको औंल्याएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाले सप्तकोसी नदीबाट पीडित भएकाले लामो समयसम्म क्षतिपूर्ति र मआब्जा नपाउनुमा नेपाल र भारत दुवै देशका सरकार दोषी रहेको उल्लेख गरेका हुन् । ‘कोसी व्यारेज निर्माणका बेला नेपाली भूभागमा गरिएको जग्गा अधिग्रहरणले हजारौं परिवारको विल्लीबाठ भएको थियो,’ गच्छदारले भने, ‘तर अहिलेसम्म पीडितले क्षतिपूर्ति पाउन नसक्नु दुःखद् हो ।’ कोसी पीडित तीन साता अघिदेखि मुआब्जा लगायतका माग राखेर आन्दोलित छन् । पीडितहरु आन्दोलित भइरहँदा कांग्रेस उपसभापति गच्छदारले विगत र बर्तमान सरकार कोसी पीडितका लागि अनुदार बनेको टिप्पणी गरे । ‘विगतमा पनि सरकारले केही गरेन,’ उनले भने, ‘अहिले पनि कोसी पीडितको समस्या सुल्झाउन केपी शर्मा ओली नेत्रृत्वको सरकारले कुनै चासो दिएको छैन ।’ कोसी पीडितलाई मुआब्जाविहीन बनाएर थप पीडित बनाउने काम भइरहेको भन्दै उनले सबै समस्या सरकारकै गैरजिम्मेवारीपनका कारण उत्पन्न भएको आरोप लगाउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट