२५ भाद्र २०७६, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभएको छ ।
उहा मुटको स्वास्थ्य जाँच गर्न त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जानुभएको हो । गत वर्ष पनि प्रधानमन्त्री ओलीले त्यहाँ भर्ना भएर मुटुको उपचार गराउनुभएको थियो । त्यसकै फलोअपका लागि ओली आज अस्पताल पुग्नुभएको उहाको सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट