२३ भाद्र २०७६, सोमबार

साल्ट ट्रेडिङले देशभर ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने छ । कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर लगायतका स्थानमा ९ वटा र ३ वटा घुम्तीसहित साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा ११ वटा पसल सञ्चालन गर्ने छ । उपत्यका बाहिर साल्ट ट्रेडिङले २४ वटा यस्ता पसल सञ्चालन गर्ने महानिर्देशक गौचनले बताए । गौचनका अनुसार उपत्यका बाहिर, बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहान लगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउने छन् । यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्याकामा ५ र उपत्यका बाहिर १८ वटा पसल सञ्चालन गर्नेछ । दुग्ध विकास संस्थानले पनि काठमाडौं उपत्याकामा ४ र काठमाडौं बाहिर ११ वटा स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ । यसपटक भदौ २३ गते आजदेखि कात्तिक १६ गते छठको दिनसम्म यस्ता सहुलियत पसल सञ्चालनमा आउनेछन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट