२६ असार २०७६, बिहीबार

शिक्षकको कुटाइका कारण घाइते भएका भीमदत्त नगरपालिका–१७, मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको उपचारकाक्रममा मृत्यु भएपछि विद्यालयका प्रधानाध्यापक यशोदा जोशी, शिक्षकहरु दुर्गादत्त पाठक, लक्ष्मण भट्ट, हर्क जाग्री र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जनप्रसाद बोहरालाई नियन्त्रणमा लिइएको हो ।
यही असार १३ गते शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका माधवको टाउको र छातीमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो ।
उनको मंगलबार राति भारतको राममूर्ति अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो । बालकको मृत्युपछि पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कन्चनपुरका प्रहरी प्रमुख जनकराज पाण्डेयले जानकारी दिए ।
यता, विद्यार्थी कुट्ने शिक्षकले भने विद्यालयबाहिर साथीभाइसँग झैझगडा गरेको विषयमा अनुशासन सिकाउन दुई थप्पड हानेको स्वीकारे पनि मृतकका आफन्तले भने शिक्षकको कुटाइकै कारण माधवको मृत्यु भएको आरोप लगाएका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट