२६ असार २०७६, बिहीबार

सरकारले चालु आर्थिक वर्षमा गरेका समग्र कामको आज समिक्षा गर्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अहिले केहीबेरमा हुने समिक्षात्मक छलफलमा सबै मन्त्री र मन्त्रालयका सचिवलाई बोलाइएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । चालु आर्थिक वर्षमा लिएका लक्ष्यको प्रगति तथा आगामी आर्थिक वर्षको योजनाका विषयमा बैठकमा छलफल हुनेछ । दुई तिहाईको सरकार भएर पनि जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै आलोचना खेपिरहेको सरकारले भने आफ्नो लक्ष्यअनुसार नै अघि बढेको दाबी गरिरहेको छ । काम भन्दा कुरा बढी, भ्रष्टाचार नियन्त्रण,शान्ति सुरक्षा जस्ता सवालमा सरकार चुकेको भन्दै आलोचना भइरहेको छ । यस्तै गुठी विद्येयक, मिडिया काउन्सिल विद्येयक लगायतले पनि सरकारलाई निकै आलोचित बनाएको छ । पूँजिगत खर्च पनि कछुवा गतिमा छ । सरकारले यो वर्ष गरेको कामको समिक्षा र राष्ट्रिय प्राथमिकता प्राप्त ठुला आयोजनालाई समयमै सम्पन्न गर्ने विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँबरले जानकारी दिनुभयो । यस्तै जनताका सेवासँग प्रत्यक्ष जोडिएका विषयलाई प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल हुने छ । चालु आर्थिक वर्षलाई संघियता कार्यान्वयनको वर्षका रुपमा लिएको सरकारले आगामी आर्थिक वर्षबाट विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै आएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट