२५ असार २०७६, बुधबार

सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार–५ का २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महतोको घरमा खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर ६ केजी ३०० ग्राम, नगद रु २२ हजार र सामसुङ कम्पनीको मोबाइल एक थानसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट