२५ असार २०७६, बुधबार

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसदमा गृहमन्त्रीले दिएको स्पष्टीकरणप्रति आपत्ति जनाउनु भएको छ ।

गएको असार ५ गते सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको ज्यान गएकोबारे कांग्रेसले प्रतिनिधि सभा बैठकमा कांग्रेसले सरकारको जवाफ मागेको थियो । पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो ।
कांग्रेसले उठाएको प्रश्न दिँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुव्यवस्था कायम गर्न र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले गोली चलाउदा सर्लाही घटना भएको स्पष्टीकरण दिनुभएको थियो । उहाँले सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, नागरिकको जिउधनको रक्षा गर्न सरकारले कदम चालेको बताउनु भएको थियो ।
गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै विपक्षी दलले छानबिनका लागि संसदीय समिति गठन गर्नु पर्ने माग गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट