२५ असार २०७६, बुधबार

मारवाडी समाजले कक्षा ७ र ८ मा पठनपाठन हुने पाठ्य पुस्तकमा जातीय अपमान हुने शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ ।
हेल्थ एण्ड फिजिकल एजुकेशन विषयमा मारवाडी समुदायलाई होच्याउने र गाली बेइज्जती हुने शब्द प्रयोग गरिएको भन्दै तत्काल हटाउन माग गरिएको छ । समाजले जातीय अपमान हुने शब्द कक्षा ७ को पुस्तकमा प्रयोग गरिएको जनाएको छ । यो पुस्तक एशिया पब्लिक प्रा.लि. बसुन्धरा, काठमाडौंले प्रकासित गरेको हो । समाजका अगुवा एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवनकुमार सारडाले अपशब्दहरू प्रयोग गरेर छापिएका पुस्तक जफत गर्नु पर्ने र पठान पाठनमा रोक लगाउनु पर्ने माग राखेर हिजो प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मोरङमार्फत ज्ञापन पत्र नै बुझाइएको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट