२५ असार २०७६, बुधबार

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६, डडुवामा आज बिहान बस दुघर्टना हुँदा तीन जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा झापाका बस चालक कृष्ण थापा, सोलु दुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुलीका लालबहादुर धामी छन् । काँकरभिट्टाबाट सोलुखुम्बु तर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस बिहान करिब सााढे तीन बजेतिर सडकबाट ५० मिटर तल खसेको हो । बसमा सवार अन्य १७ जना घाइते छन् । गम्भीर घाइते चारजनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजीवकुमार श्रेष्ठले बताउनुभयो । अन्य घाइतेहरुको उदयपुर घुर्मी्स्थित आस्था र जनसेवा मेडिकलमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट