२२ असार २०७६, आईतवार

भारत तथा तेस्रो मुलुकबाट आउने तरकारी–फलफूलको विषादी परीक्षण रोक्ने सरकारको निर्णयको संसदमा चर्को आलोचना भएको छ ।

आइतवार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापले सरकारले विषादीयुक्त तरकारी रोक्न चालेको कदमको समर्थन गरिनसक्दै पछि हटेको भन्दै आलोचना गरे ।

गगनले सरकारको कदमको समर्थनमा महँगी सहन तयार हुँदा पनि भारतसामू झुकेको उनले बताए। नेता थापाले भारत जाने चिया र तरकारीको पनि भारतले कडा परीक्षण गरिरहेको ध्नायाकर्षण गराए। त्यस्तै अर्का सांसद गौरीशंक चौधरीले सीमानाकामा विषादी परीक्षण गरेर मात्रै तरकारी ल्याउने निर्णयबाट सरकार पछि हटेको भन्दै दुःख व्यक्त गरे। ‘नेपालीका लागि यो दुभाग्र्य हो। भारतले हाम्रो अदुवा, अलैँची, चिया परीक्षणका नाममा साता दिनसम्म रोकेर मात्रै जान दिन्छ’, उनले भने, ‘परीक्षण नगरी आउन दिनु नागरिकप्रति गम्भीर खेलबाड हो। भारतबाट आउने तरकारीमा ८३ देखि ९० प्रतिशतसम्म विषादी प्रयोग भएकोछ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट