१० असार २०७६, मंगलवार

इटहरीमा सम्पन्न प्रथम एरिना च्यालेञ्ज रात्रिकालिन क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ ।
गएराति राति सम्पन्न फाइनलमा अर्को बिभागिय टिम त्रिभुवन आर्मीलाइ ८ विकेटले पराजित गर्दै पुलिसले उपाधीसँगै नगद १ लाख रुपैया हात पारेको हो । उपविजेता आर्मीले ५० हजारमा चित्त बुझाएको छ । इटहरीस्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेकोे आर्मीले निर्धा्रित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १ सय २३ रनको योगफल बनाएको थियो । आर्मीका लागी इसान पाण्डेले सर्वा्धिक २७ रन बनाए । सुधिर चौधरीले २३ रन बनाउदा हरिकृष्ण झाले २२ र लोकन्द्र चन्दले १७ रनको योगदान गरे । बलिङतर्फ पुलिस क्लबका चित्र विष्ट र योगेन्द्र कार्कीले २–२ विकेट लिए । जवाफमा १ सय २४ रनको विजयी लक्ष्य पुलिसले २ विकेटको क्षतिमा ८ दशमलव २ ओभरमा भेटायो । पुलिसका लागि दिलिप नाथले सर्वा्धिक ३९ रन बनाए भने अनिल शाहले ३६ र सुनिल धमलाले १२ रन बनाए । बलिङतर्फ आर्मीका राहुल भण्डारी र विक्रम साउदले १–१ विकेट लिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पुलिसका योगेन्द्र कार्की घोषित हुदै नगद ५ हजार पाए। यस्तै उत्कृष्ट बलर पुलिसका नविन थापा, उत्कृष्ट ब्याष्टमेन र म्यानअफ द फाइनल पुलिसकै अनिल शाह घोषित भए । उनीहरु दुबै जनाले जनही नगद २५ सय रुपैया र ट्रफी पाए । प्रतियोगितामा नेपालका तीन विभागिय टिम सहित ८ टोलीको सहभागिता थियो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट