८ असार २०७६, आईतवार

विश्वकप क्रिकेटमा आज पाकिस्तानले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।
लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल सुरु हुँदैछ । दुवै टिम निश्चित हात पार्ने लक्ष्यमा रहेकाछन् । विश्वकपको सेमिफाइनल यात्रालाई झिनो आस कायमै राख्नका लागि भए पनि दुवै टिमलाई जित्नै पर्ने अवस्था छ ।
यसअघि हिजो सम्पन्न खेलमा उपाधि दाबेदार मानिएको भारतले आईसीसी एकदिवसीय विश्वकपमा प्रतियोगिताकै सबैभन्दा कमजोर टोली अफगानिस्तानमाथि ११ रनको संघर्षपूर्ण जित निकालेको छ । अफगानिस्तानका अन्तिम तीन ब्याट्सम्यानलाई आउट गरी भारतका मोहम्मद शामीले जारी विश्वकपमा पहिलो ह्याट्रिक लिएपछि भारत अफ्गानिस्तानलाई पराजित गर्न सफल भएको थियो । साउथह्याम्प्टनमा भारतले दिएको २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तानले ४९.५ ओभरमा अलआउट हुनुअघि २१३ रन बनाएको थियो । मोहम्मद नाबीले अर्धशतकीय पारी खेल्दै अफगानिस्तानलाई जितनजिक पुर्याइसकेको अवस्थामा अन्तिम ओभरको तेस्रो बलमा शामीको बलमा क्याचआउट भएपछि अफगानिस्तानको आशा समाप्त भएको थियो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट