८ असार २०७६, आईतवार

घूस लिँदै गरेको अवस्थामा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट असई पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
भोक्राहा नरसिंह गाउँपालिका प्रहरी चौकीका इञ्चार्ज असइ कटुवाललाई हिजो अख्तियार दुरुपयोग अनुशन्धान आयोग इटहरीबाट खटिएको टोलीले ७ हजार घूस लिदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो । दाजुभाईमा घरायसी विवाद हुँदा विपक्षीलाई पक्राउ गर्ने नाममा कटुवालले घूस मागेपछि पीडितले अख्तियारमा खबर गरेका थिए । न्याय दिने प्रहरीले नै सेवाग्राहीबाट घूस मागेपछि आक्रोशित पीडित पक्षले अख्तियारमा खबर गरी घूस रकम दिँदै गर्दा असइ कटुवाल पक्राउ परेका हुन् । कटुवाललाई रंगेहात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट