१ असार २०७६, आईतवार

संखुवासभाको सभाखोलामा पौडी खेल्ने क्रममा हिजो एक युवा बेपत्ता भएका छन ्।
पौडी खेल्ने क्रममा चैनपुर नगरपालिका ११ का १७ वर्षीय सहदेव राई बेपत्ता भएका हुन् । साथीसँग पौडी खेल्न गएका राई दिउँसो २ः३० बजे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । राई अन्य चार जना साथीसँग पौडी खेल्न गएका थिए । उनको खोजी भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट