१ असार २०७६, आईतवार

डेंगु रोग नियन्त्रणमा गर्न धरानमा टोलस्तरमा समिति बनाएर घरदैलो अभियानको तयारी भएको छ ।
प्रदेश सरकारले सात दिनभित्र डेंगु रोग नियन्त्रणको निर्देशन सहित कार्ययोजना तयार गरेपछि उपमहानगरपालिकाले टोलस्तरमा अभियान टोली गठन गरेर कार्यान्वयन गर्न तयारी गरेको हो ।
उपमहानगरपालिकामा बसेको बैठकले सबै वडाहरुमा कम्तीमा ४ देखि ८ वटासम्म सुरक्षाकर्मीसहित अभियान टोली गठन गरेर गर्ने निर्णय गरेको छ । त्यसअघि, प्रदेशस्तरीय सुरक्षा बैठकले डेंगु नियन्त्रणको लागि गठन हुने हरेक टोलीमा सुरक्षाकर्मी उपलब्ध गराउने निर्णय गरेको थियो । धरानको सर्वपक्षीय बैठकले सम्बन्धित टोलसँग नजिक रहेको वडा सदस्य संयोजक रहने गरी ९ सदस्यीय अभियान टोली गठन गर्ने निर्णय पनि गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट