२९ जेष्ठ २०७६, बुधबार

बैठकको विशेष समयमा सांसदहरुले लोकसेवाआयोगको विज्ञापन आयोगबाट प्रकाशित कर्मचारी भर्नासम्बन्धी विज्ञापन रोक्ने संसदीय समितिको निर्देशनपछि सरकारको धारणा पनि मागेका छन् । सांसदहरुले प्रदेश लोकसेवा आयोग गठनमा ध्यान दिन सरकारलाई सुझाव दिँदै आयोगको विज्ञापन समावेशी र समानुपातिक बनाउन सुझाव दिए ।
नेकपाकी अञ्जना विशङ्खेले आयोगको विज्ञापनको विषयलाई लिएर सुरु भएको विवादले कसैको पनि हित नगर्ने बताउँदै विज्ञापन समावेशी र समानुपातिक बनाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल र मीनबहादुर विश्वकर्माले आयोगको विज्ञापनलाई विवादमा तान्न नहुनेमा जोड दिँदै यसका सरकारको धार णा के हो भनी सदनमा जवाफ दिन माग गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट