२९ जेष्ठ २०७६, बुधबार

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा सांसदहरुले बिरामीलाई सरकारीबाट निजी अस्पतालमा लाने प्रवृत्ति रोक्न माग गरेका छन् ।

सांसदहरुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न पुगेका बिरामीलाई त्यहाँ कार्यरत चिकित्सकले निजी अस्पतालमा र्पुयाउने प्रवृत्ति बढेकामा पनि चिन्ता व्यक्त गरे । यस्तो प्रवृत्तिले सरकारी अस्पतालको खिल्ली उठाएको भन्दै सांसदहरुले तत्काल अस्पतालभित्रको विकृति अन्त्य गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट