२९ जेष्ठ २०७६, बुधबार

प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले झापाको भद्रपुरमा अपांगता नागरिक ग्राम सञ्चालन गर्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । अपांगता भएका नागरिकको संरक्षण एवं सुरक्षाका लागि प्रदेशमै पहिलो आपंगता ग्राम सञ्चालनका लागि मन्त्रालयको कार्य्विधी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अगामी साउन महिनाबाटै ग्राम सञ्चालनमा ल्याउने र त्यसपछि पहिलो चरणमा १० जनालाई आवासीय सुविधासहितको सेवा दिने तयारी प्रदेश १ सरकारले गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ भित्रमा ५० जना पूर्ण रुपमा अपांगता भएका विपन्न र बेसहारलाई संरक्षणदेखि लिएर सबै कुराको व्यवस्थापन गर्दै आवासीय सुविधा प्रदान गर्ने योजना रहेको मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख दिव्यराज कट्टेलले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट