२९ जेष्ठ २०७६, बुधबार

मलेसियामा पक्राउ परेका नेपाली कलाकारका अभिभावकले आयोजकले हेलचेक्राई गरेकोले आफ्ना छोराछोरी पक्राउ परेको जनाएका छन् । एक साता अघि (गएको बिहीबार) साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रमको लागि मलेसियाको मलाक्का पुगेका गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्वेलाई कार्यक्रमस्थलबाटै मलेसियन प्रहरीले पक्राउ गरेको थियो ।
काठमाण्डौको एसएस ओजी ग्रुपले मलेसियामा साङ्गीतिक कार्यक्रम गर्ने भनी लगेका आफ्ना छोराछोरीलाई पराई देशमा यसरी अलपत्र पार्न नहुने सुनिता थेगिमका बुबा डकेन्द्र थेगिमले बताउनुभयो । उहाले भन्नुभयोे, उनीहरूको सकुशल नेपाल फर्काउनका साथै उनीहरूको पासपोर्टमा डिपोर्टको छाप नलाग्नु पर्ने वातावरण सिर्जना गर्न सबै सँग आग्रह गर्नुभएको छ ।
मलेसियाको पुत्रजायामा राखिएका तीनै जना कलाकारलाई रिहाइ गरी नेपाल फर्काउन पहल भइरहेको छ । यसरी राष्ट्रिय कलाकारहरूलाई विदेशमा कार्यक्रम गर्न लगेर अलपत्र पारिनु आयोजकको ठुलो गल्ती भएको र सबै प्रक्रिया पुरा गरेर यस्तो कार्यक्रम गर्नुको साटो प्रक्रिया पुरा नगरेकोले नेपाली कलाकार पक्राउ परेको बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट