२९ जेष्ठ २०७६, बुधबार

यस पटकको हिमाल आरोहण याममा ६ सय ५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।यसैबीच हिमाल आरोण गरेको सूचना दिएकामध्ये चार जनाले सगरमाथा आरोहण नगरी झुटो विवरण दिएको पाइएको छ । जेठ ९ गते सगरमाथा आरोण गरेको विवरण दिएका यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुशको दाबी झुटो पाइएको निर्देशक आचार्यले बताउनुभयो । उनीहरुका सहयोगीका रुपमा गएका पाँच जना नेपालीले पनि सगरमाथा आरोहण गरेको विवरण दिएका र त्यो झुटो ठहरिएको विभागले जनाएको छ ।
उजुरी परेपछि छानविनका क्रममा प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएका उनीहरुको दाबी झुटो ठहरिएपछि आरोहण प्रमाणपत्र नदिएको आचार्यले बताउनुभयो । कानुन अनुसार यसरी फर्जी प्रमाण पेस गर्नेलाई नेपालका हिमाल आरोहणमा रोक लगाउने गरिन्छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट