२७ जेष्ठ २०७६, सोमबार

उदयपुरको कटारी नगरपालिका–११ मा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

घुर्मीबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ४१३० नम्बरको ट्रिपर सडकबाट अन्दाजी १ किलो मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्रिपरका चालक सोलुखुम्बु साबिक नेचा–३ का २१ बर्षीय सुजन भण्डारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृत्यु भएको चालक भण्डारीको शव पोष्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ भने टिफरका कति जना सवार थिए त्यसको यकिन बिवरण आउन बाँकी रहेको जनाइएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट