२७ जेष्ठ २०७६, सोमबार

कार्यवाहक प्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र प्रचण्डवीच आलोपालो गर्नेबारे पार्टी्भित्र छलफल नभएको बताएका छन् ।
सोमबार बिराटनगर आइपुगेका पोखरेलले पार्टीका दुई अध्यक्षबीच आधा(आधा कार्यकाल प्रधानमन्त्री बन्ने भन्ने कुरा पार्टी्भित्र औपचारिक ढंगमा छलफल नभएको बताएका हुन् ।
शीर्ष नेताहरुवीचमा आधा(आधा कार्यकालका लागि जेन्टलमेन्ट सहमति भएको भए पनि सबै कुराको सीमा, मर्यादा र प्रकृया हुने भन्दै पोखरेलले बाहिर आएको कुरा आफूहरुले ध्यानपूर्वक सुनेको बताए ।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले संविधानमा व्यवस्था गरेअनुरुप आवश्यक कर्मचारी नियुक्ति पर्ने कामप्रति सरकारले संवैधानिक अंग लोकसेवा आयोगलाई अनुचित ढंगले हस्तक्षेप गर्न नमिल्ने बताए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट