२३ जेष्ठ २०७६, बिहीबार

एक्सपर्ट प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज डिफेन्डिङ च्याम्पियन एपीएफ र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन् ।
एपीएफ र पुलिस क्लबबीचको विजेताले उपाधिका लागि त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश ३ लाई ११७ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
शरद भेषावकरको कप्तानीमा रहेको एपीएफले समूह चरणमा एउटा खेल हारेको थियो । एपीएफले प्रदेश ३, सुदूरपश्चिम र गण्डकीलाई हराएको थियो भने प्रदेश ५ सँग पराजित भएको थियो । जसका कारण रन रेटमा पुलिससँग पछि पर्दै समूहको उपविजेता बनेको थियो ।
पुलिस क्लब यो संस्करणमा बलियो देखिएको छ । समूह बीको विजेता पुलिसले आर्मी, प्रदेश २, प्रदेश १ र कर्णालीलाई हराएको थियो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट