१६ जेष्ठ २०७६, बिहीबार

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सका विभिन्न शहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । बेलायतको लण्डनस्थित दि ओभलमा आव अपराह्न भव्य कार्यक्रमसहित प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयअनुसार अपराह्न ३ः १५ मा सुरु हुनेछ । विश्वकपमा भारत, पाकिस्तान, अफगानिस्तान, अष्ट्रेलिया, श्रीलंका, न्युजिल्याण्ड, इंग्ल्याण्ड, बंगलादेश र वेष्ट इण्डिज र दक्षिण अफ्रिकाको सहभागिता रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट