१२ जेष्ठ २०७६, आईतवार

धरान उपमहानगरपालिका वडा नं ५ स्थित साउनेटार भन्ने ठाउमा आज गोली चलेकोे छ । जीवन विकास संस्था नामको बित्तिय संस्थाका कर्मचारीमाथि गोली प्रहार गरेर नगद लुटिएको बताईएको छ ।
गोली प्रहारबाट कर्मचारी धनपालथान मोरङ बस्ने शम्भु गच्छदार घाइते छन् । उनको बाया हातको कुईना मुनि र बाया कम्मरमा गोली लागेको छ । उनको अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । गच्छदारसँग भएको ४ लाख नगद लुटिएको बताइएको छ । घटनास्थलमा ७.६० को चाइनिज पेस्तोल फेला परेको प्रहरी जनाएको छ । घटना स्थलमा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसहितको टोली गएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट