६ जेष्ठ २०७६, सोमबार

कांग्रेसले सरकारको कामकारबाहीको निगरानी बढाउन छायाँ सरकार गठन गरेको छ । कांग्रेस सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार छायाँ सरकार गठन गरेका हुन् ।

धेरै अघिदेखि छायाँ सरकार गठन गर्ने निर्णय संसदीय दलले गरेको थियो। शक्ति र आर्थिक रुपमा प्रभावकारी मानिने मन्त्रालयमा बस्नेहरुको तीव्र होडका कारण छायाँ सरकार गठनमा ढिलाई भएको थियो।
कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँडले सरकारलाई स्वच्छाचारी हुन नदिने र संसदप्रति उत्तरदायी बनाउन प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाहका लागि छायाँ सरकार गठन गरेको बताए। कांग्रेसले मन्त्रालयस्तरीय निगरानी बढाउनका लागि २१ मन्त्रालय मातहत रहनेगरी छायाँ गठन गरेको छ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट