३१ बैशाख २०७६, मंगलवार

धनकुटामा जारी शहीद भीमनारायण श्रेष्ठ स्मृति अन्तर्रा्ष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज फ्रेण्डस् क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) आमनेसामने हुँदैछन्। खेल तल्लो टुँडिखेलमा अपराह्न ३ बजे सुरु हुने आयोजकले जनाइएको छ। फ्रेण्डस् र एपीएफ दुवै ए डिभिजन फुटबल क्लब हुन्। प्रतियोगिताको हिजो सम्पन्न खेलमा दाफिन्स फुटबल क्लब क्यामरुन सेमिफाइनल प्रवेश गरेको छ। दाफिन्सले धरान फुटबल क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । गएको शनिबारदेखि जारी प्रतियोगितामा दुई अन्तर्रा्ष्ट्रिय टिमसहित आठ टिम सहभागी रहेका छन् । प्रतियोगितामा विजेताले चार लाख रुपैयाँ र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार राशि पाउने छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट