१० बैशाख २०७६, मंगलवार

इलामको माई नगरपालिकाले शिक्षिकालाई दुई वर्ष सुत्केरी बिदा दिने भएको छ ।
सरकारले सुत्केरी कर्मचारीलाई दुई महिना सुत्केरी बिदा दिँदै आए पनि नगरपालिकाले भने बच्चा हुर्काउन सहज होस् भनेर आफ्नो क्षेत्रका विद्यालयमा अध्यापनरत शिक्षिकालाई दुई वर्ष बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले शिक्षासम्बन्धी कार्य विधि बनाउँदै सुत्केरी बिदा दुई वर्ष दिने व्यवस्था गरेको हो । नजिकैको इलाम नगरपालिकाले भने सुत्केरी बिदा तीन महिना दिने व्यवस्था गरेको छ । गत २८ भदौमा पारित भएको माई नगरपालिकाको शिक्षासम्बन्धी कार्य्विधिमा यस्तो व्यवस्था गरिएको हो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट