५ बैशाख २०७६, बिहीबार

नेपाली खेलकुदको महाकुम्भ आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज देखि औपचारिक रूपमा सुरु हुँदैछ ।
प्रतियोगिताको बाँकेको नेपालगञ्ज रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । वैशाख ११ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ३५ खेल समावेश गरिएको छ । देशका सात प्रदेश, तीन विभागीय टोली आर्मी, पुलिस र सशस्त्र तथा गैरआवासीय नेपालीको एक गरी कुल ११ टोलीका पाँच हजार दुई सय ११ खेलाडीले आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा तीन सय ७२ स्वर्ण पदक, त्यती नै संख्यामा रजत पदक तथा पाँच सय ६३ कास्य पदकका लागि भइरहेका छन्। औपचारिक उद्घाटनभन्दा अगावै भएका खेलको आठौँ दिनको खेल सकिँदा ८८ स्वर्णको टुंगो लागेको छ । अहिले सम्मा आर्मी २६ स्वर्णका साथ सबैभन्दा अघि छ । आर्मीले २३ रजत र १९ कास्य पदक जितेको छ । नेपाल पुलिसले १७ स्वर्ण, १४ रजत र १६ कास्य, एपीएफले १२ स्वर्ण, ११ रजत र २० कास्य जितेको छ । आठौँ दिनमा प्रदेश ३ चौथो स्थानमा उक्लेको छ । उसले सात स्वर्ण ११ रजत र २९ कास्य जितेको छ । गण्डकी प्रदेश ६ स्वर्ण, ६ रजत र १६ कास्य सहित पाँचौ स्थानमा छ । सुदुरपश्चिम प्रदेशले ६ स्वर्ण, पाँच रजत र ११ कास्य, प्रदेश २ ले ६ स्वर्ण ६ रजत र चार कास्य, प्रदेश ५ ले चार स्वर्ण, सात रजत र १५ कास्य, प्रदेश १ ले तीन स्वर्ण चार रजत र २२, एनआरएनएले एक स्वर्ण र दुई कास्य जितेका छन ्। कर्णाली प्रदेशले दुई कास्य सहित तालिकाको पुछारमा छ । व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामुहिकतर्फको विजेताले सात हजार रुपैयाँ पुरस्कार पाउनेछन । खेल बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही, कास्की, ललितपुर र काठमाडौं गरी आठ जिल्लामा हुनेछ । स्क्वास, टेबल टेनिस, लनटेनिस, कुस्ती र हक्कीका खेलका प्रतियोगिताहरु उद्घाटन समारोह अघि नै सुरु भएका छन ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट