३ बैशाख २०७६, मंगलवार

देशका धेरै जसो स्थानमा आज चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग तथा हुरीबता ससहित असिना पानीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । बिहिबार सम्म यो क्रम जारी रहने छ । मध्य तथा पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग तथा हुरी बतास सहित वर्षा र असिना पानीको संभावना छ । पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतास को सम्भावना रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट