१५ पुष २०७५, आईतवार

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अबदेखि पत्रकारले आफ्नो अधिकारको निम्ति लडाइँ गर्नुपर्ने दिन सकिएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको भवनको उद्घाटन गर्दै राईले संविधानको प्रस्तावना मै लेखिएको प्रेस स्वतन्त्रतालाई अङ्गीकार गर्दै प्रादेशिक कानुन बन्ने बताए ।

‘कहिलेकाहीँ भूलवश मस्यौदा तयार पार्दा प्रेस स्वतन्त्रता विरोधका वाक्य आएमा महासङ्घले ध्यानाकर्षण गराउनु पर्दछ’, मुख्यमन्त्री राईले भने, ‘सरकार र पत्रकारबीच समन्वय र सहकार्य गर्न सके प्रेस स्वतन्त्रताको कार्यान्वयन देखिन्छ ।’

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट