६ आश्विन २०७४, शुक्रबार

 

 

स्थायी समिति बैठकमा प्रदेश २ को चुनावको  समीक्षा गर्दै ‘निर्वाचन घोषणापछि स्थानीय तहको संख्या फेरबदल गर्ने, आचारसंहिता उल्लंघन गर्ने, सत्ताको दुरुपयोग गरेर मत प्रभावित गर्ने र एमालेविरुद्ध अनर्गल प्रचार गर्ने काम भयो,|एमालेलाई जसरी पनि पछि पार्ने रणनीतिअनुसार चुनावका सामान्य नियमसमेत बेवास्ता गर्दै सत्ताधारी दलहरू अघि बढेको बैठकको निष्कर्ष छ । बैठकले तीनवटा प्रस्ताव पनि पारित गरेको छ सत्ताको दुरुपयोगका बीचमा पनि मत दिएकामा एमालेले जनतालाई धन्यवाद दिएको छ ।

यस्तो अवस्थामा पनि जनताले हामीलाई विश्वास गरेका छन् र समग्रमा हामी पहिलो पार्टीका रूपमा स्थापित भएका छौं ।’

त्यस्तै, विभिन्न स्थानमा मतगणनामा समेत अनियमितता गरिएको पाइएको भन्दै त्यसबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । वीरगन्ज महानगरपालिकाको एउटा वडामा एक मतले हारेका उम्मेदवारको पुन: गणना गर्दा ११ मतले जितेको प्रसंग उल्लेख गर्दै एमालेले यसबाट पनि मतगणनामा भएको त्रुटि र गडबडी पुष्टि हुने जनाएको छ ।

बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि यस्तै हर्कत हुन सक्ने भन्दै गम्भीर हुन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउनुपर्ने र तोकिएकै समयमा चुनाव हुनुपर्ने एमालेको निष्कर्ष छ ।

 

 

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट