यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन् । तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका छन् । शनिबार २७ औँ चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा ‘टि टेस्टिङ’ गरिएको हो । टि टेस्टिङमा […]
सरकारले यस वर्ष देशभरका विद्यार्थीले समयमै पाठ्यपुस्तक (किताब) प्राप्त गरेका जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज आइतवार पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीले समयमै किताब प्राप्त गरेको जानकारी दिएको हो । वैशाख दास्रो हप्ताभित्रै देशभरका सबै विद्यार्थीको हातमा किताब पुगेको मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता दीपक शर्माले […]
संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थल फ्याक्सिन्दामा सुख्खा पहिरो खसेपछि थुनिएको अरुण नदी आठ घण्टापछि आफ्नै धारमा फर्किएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार आइतबार दिउँसो २ बजेर ४५ मिनेटमा नदी आफ्नै धारमा फर्किएको हो । आइतबार बिहान ७ बजेर ४५ मिनेट जाँदा सुक्खा पहिरो खसेपछि अरुण नदी थुनिएको थियो […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको भन्दै ट्याक्सी चालकले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् ।उनीहरुले शुल्क घटाई पार्किङका लागि सहज वातावरण बनाउनु पर्ने माग राखेका छन् । आफ्नो माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले बताएका छन् ।त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्क बापत प्रतिघण्टा २० रुपैयाँ लिँदै आएकोमा ८० रुपैयाँ पुर्याइएको […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोहोरो पासपोर्ट लिएको विषयमा मुद्दा नचलाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेकोमा महान्यायाधिवक्ता कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका हुन्। सर्वोच्च प्रशासनले उनको रिट निवेदन सोमबार दर्ता गर्दै चैत २१ गते मंगलबारका लागि पेशी तोकेको छ। महान्यायाधिवक्ता दिनमणि […]
निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ । आयोगले आज सूचना प्रकाशन गरी पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवदेन दिन आग्रह गरेको हो । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची २ बमोजिमको तोकिएको ढाँचामा सात दिनभित्र निवेदन […]
आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गराउनेछन् । गत मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी […]
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले मिटर ब्याजसहितका सामन्तवादका सबै अवशेष मेटाउन प्रतिबद्ध रहेको बताएका छन् । उनले सरकारले मिटर ब्याजपीडितहरूको समस्या समाधानका लागि अलग्गै जाँचबुझ आयोग बनाएर काम गर्ने सहमति भइसकेको बताए । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले विगतमा बनेका कार्यदलका प्रतिवेदनहरूका आधारमा आयोगले काम गर्ने बताए । ‘मिटरब्याजको अभ्यास सामन्तवादको अवशेष हो […]
भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ।निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा र डिजेल प्रतिलिटर ६ रुपैयाँ ८२ पैसा घटेर आएको छ।अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७८ […]
हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का रक्षणिक वर्षाको सम्भावना रहेको छ। […]